[ ]
Latest News Updates

ADVERTISE WITH US

पृथ्वी राजमार्गमा ग्याँसको बुलेटले च्यापिएर एक को मृत्यु
Tuesday, February 9, 2016 Posted by Chitra Khabar

माघ २६,चितवन। दारेचोक गाविस–३ स्थित पृथ्वी राजमार्गमा काठमाडौंतर्फ जाँदै गरेको ग्यासको बुलेट आज बिहान पल्टिँदा नालामा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार एचआर ३८ यु १९८६ नम्बरको ग्यासको बुलेट केवलकार रहेको स्थल नजिकै सडक किनाराको नालामा पल्टिँदा बुलेटमा च्यापिएका एक पुरुषलाईउपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
मृतक चालक हुन सक्ने प्रहरीको अनुमान छ । सो दुर्घटना बिहान ८ बजे भएको हो । (रासस) 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi