[ ]
Latest News Updates

ADVERTISE WITH US

By Chitra Khabar | Tuesday, July 29, 2025 | Posted in | With 0Comments
sddddddddddddddddddddddd

By Mero Tv | Wednesday, May 2, 2018 | Posted in , , , | With 0Comments
सिमरा। बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् । झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नंको मकालु बसलाई ना५ख ३५८२ नंको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका मकवापनुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख दिलीपराज झाले बताउनुभयो ।

नेल्टा झापाको एक्सेस कार्यक्रमअन्तर्गत पोखरामा हुने एक्सेस कार्यक्रममा जान लागेका स्कूले विद्यार्थी बिहान २ बजे दुर्घटनामा परेका हुन् । चालिस घाइतेमध्ये एक जनाको काठमाडौँ, ६ जनाको भरतपुर र अन्य ३३ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
By Mero Tv | Tuesday, May 1, 2018 | Posted in , , , | With 0Comments
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा अघि सारिएको काभ्रेपलाञ्चोकमा विमानस्थल निर्माणको कार्य अघि बढेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढेपछि त्यसको विकल्पमा आन्तरिक विमानस्थल बनाउन उपयुक्त स्थानको खोजी गर्ने क्रममा पर्यटन मन्त्री तथा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्रीसहितको टोलीले मंगलबार काभ्रेको तीन वटा क्षेत्रलाई केन्द्रमा राखेर स्थलगत अनुमगन गरेको छ ।

अनुगमनपछि धुलिखेलमा भएको स्थानीय सरोकारवालाहरुसंगको अन्तक्र्रियामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारीले आवश्यक्ता, स्थानीयवासीको भावना, रुट तथा लागतलाई ध्यान दिएर १५ दिन भित्रमा विज्ञहरुसहितको टोलीले प्रतिवेदन पेश गर्ने गरि द्रुत गतिमा काम अगाडि बढाइने बताउनु भयो ।



सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भएको स्रोत र साधनलाई बढी परिचालन गरेर कम मूल्य र छिटो समयमा विमानस्थल निर्माणको काम अगाडि बढ्ने बताउनु भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दै गएको एयर ट्राफिक जाम अन्त्य गर्न भन्दै सरकारले ५ वर्ष अगाडि काठमाडौ नजिकै आन्तरिक विमानस्थल बनाउने योजना लिएको भएपनि योजना अघि बढ्न सकेको थिएन ।
By Mero Tv | Saturday, April 28, 2018 | Posted in , , , | With 0Comments
राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति मोइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
file photo
काभ्रेपलाञ्चोक नमोबुध नगरपालिका–२ फूलबारी बस्ने मोइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । काठमाडौँबाट सप्तरीको फतेपुर आउँदै गरेको बा४ख ८२४८ नम्बरको मोइक्रोबस (हायस) र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०६ जीसी ७६६६ नम्बरको भारतीय ट्रक एकापसमा ठोकिएको थियो । ठक्कर दिने ट्रकको चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको इलाका प्रकरी कार्यालय कल्याणपुरले जनाएको छ । (रासस)


By Mero Tv | | Posted in , , , | With 0Comments
काठमाडौं । रेल मार्ग सञ्चालन गर्ने छलफलका लागि सरकारी उच्च टोली शनिबार चीन पुगेको छ । केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गका विषयमा चीन सरकारसँग छलफल गर्न सात सदस्यीय नेपाली टोली चीन पुगेको हो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा नेपाली टोली चीन पुगेको हो ।

सो टोलीमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्राविधिक एंव रेल विभागका कर्मचारी सहभागी छन् । चीनबाट रेल ल्याउने प्रयास भइरहेकाले सो विषयमा पुनः छलफल गर्न नेपाली टोली चीन गएको सरकारले जनाएको छ ।

सञ्चार तथा सूचना राज्यमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले भने, ‘सरकार जसरी भए पनि रेल ल्याउन चाहान्छ ।’ सोही कामलाई मूर्त रूप दिन पुनः छलफल गर्न नेपाली टोलीलाई चीन पठाइएको प्रवक्ता बास्कोटाले बताए ।

चीन भ्रमणका क्रममा विभिन्न समयमा सरकारी अधिकारीले रेल मार्ग निमार्णका विषयमा छलफल गर्दै आएका छन् । तर अहिलेसम्म रेल आउने पक्का भने भएको छैन । हालै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेको चीन भ्रमणमा पनि रेलमार्ग निर्माणबारे छलफल भएको थियो ।
सो छलफलपछि चीनले रेलमार्गको डीपीआर निर्माण गरिदिने सहमति भएको थियो । त्यस्तै, गत भदौमा पनि तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा रहेका बेला रेलमार्ग निर्माण गर्ने विषयमा सहमति भएको थियो ।

पटकपटकको नेपाली टोली र चिनियाँ टोलीबीच छलफलपछि गत कात्तिकमा चिनियाँ रेलवे प्रशासनका उपमन्त्रीको नेतृत्वको टोलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल मार्ग निर्माणबारे अध्ययन गरेको थियो ।
केरुङ–काठमाडौं–रेल मार्गले काठमाडौंबाट चिनियाँ नाका केरुङको दुरी एक घण्टामै गर्न सकिनेछ । यसअघि चिनियाँ सरकारी कम्पनी चाइना रेल वे इन्टरनेसनल ग्रुपले एक घण्टाभन्दा कम समयमा काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव गरेको थियो । काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टाभन्दा कम समयमा यात्रा गर्न सकिने सो रेल प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडन सक्ने बताइएको छ ।

सो कम्पनीले काठमाडौं–रसुवागढी विद्युतिय रेल वेको लम्बाई जम्मा १ सय ५ किलोमिटर हुने प्रस्ताव रेल विभागमा बुझाएको गरेको थियो ।

गत कात्तिकमा चिनिया“ रेलवे प्रशासनका उपमन्त्री नेतृत्वको टोलीले केरुº–काठमाडौं–पोखरा–लुम्बिनी रेल मार्ग निर्माणबारे अध्ययन गरिसकेको छ
प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टाभन्दा कम समयमा जोड्न सकिने सो कम्पनीले जनाएको थियो । सो रेलवे रसुवागढीबाट काठमाडौं आउँदा ८ दशमलव २६ किलोमिटर दूरी जमिनमा गुड्नेछ ।९० दशमलव २ किलोमिटर सुरुङभित्र रहने तथा ६ दशमलव ५४ किलोमिटर पुलमाथि गुड्ने बताइएको छ । सो रेलवेका विभिन्न स्थानमा ६ वटा स्टेसन राखिनेछन् ।

कम्पनीको प्रस्तावमा पहिलो स्टेसन रसुवागढी, दोस्रो स्टेसन स्याफ्रुबेंसी र तेस्रो स्टेसन ग्राङमा रहने उल्लेख छ । त्यसैगरी, चौथो स्टेसन नुवाकोटको विदुरमा र पाँचौं स्टेसन ककनी र छैटौं स्टेसन काठमाडौंमा रहने
उल्लेख छ ।

नेपाल र चीन जोड्ने सो रेल चीनको लासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका प्रवेश गर्नेछ । रसुवागढीबाट नेपाल प्रवेश गर्ने सो रेल काठमाडौंबाट धादिङको कुरिनटार हुँदै एउटा लाइन पोखरा र अर्को लाइन लुम्बिनी जाने राजधानी दैनिकले लेखेको छ ।
By Mero Tv | | Posted in , , , | With 0Comments
कैलालीको धनगढी विमानस्थलमा सौर्य एअरलाइन्सको एक विमान शुक्रबार दिउँसो दुर्घटना हुनबाट जोगिएको छ ।

काठमाडौंबाट आएको सो विमान धनगढी विमानस्थलमा अवतरण गर्नेक्रममा विमानको अघिल्लो भागमा चरा ठोक्किएको हो ।

सौर्य एअरलाइन्सको ‘९एनएएमई’ कलसाइन भएको विमानमा चरा ठोक्किएको धनगढी विमानस्थलका कन्ट्रोलर रवि यादवले जानकारी दिए ।

५० जना यात्री र चालकदलका चार सदस्यसहित ५४ जना सवार विमान ६ हजार फिटमाथिबाट अवतरण गर्नेक्रममा चरा ठोक्किएको एअरलाइन्स स्रोतले जनाएको छ । सवार सबैजना सकुशल छन् ।

सो विमानलाई अहिले पार्किङस्थलमा राखिएको छ ।

अब काठमाडौंबाट इन्जिनियरको टोली आएर परीक्षण गरेपछि विमानको उडान हुने/नहुने टुंगो लाग्ने यादवको भनाइ छ ।
By Mero Tv | | Posted in , , , | With 0Comments
गधादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदाँ चालकको मृत्यु भएको छ ।

काठमाडौं जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

अनियन्त्रित भई ग्याँस बुलेट सडकबाट ३५ मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।
By Mero Tv | | Posted in , , , | With 0Comments
लहान, वैशाख १५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सिरहाको लहान–११, पडरियाचोकमा सरकारी नम्बर प्लेटको सवारी–साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्करबाट शुक्रबार राति लहान नगरपालिका–१, सिंग्राही निवासी ५५ वर्षीय बिन्दीलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।

पडरियाचोकदेखि पश्चिममा सवारी–साधनको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि लहान अस्पतालतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
By Mero Tv | Friday, April 27, 2018 | Posted in , , , | With 0Comments
बैशाख,१४/ धनगढीबाट बाजुरा गइरहेको स्कारपियो गाडीले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
डोटीको बुडरमा कुखुरा फार्ममा कार्यरत १९ वर्षका हर्कबहादुर विष्टको स्कारपियो गाडीको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको बुडर प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको बा १६ च ८७८२ नं को स्कारपियो गाडीले से १ प ७७०५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राजेश विष्टको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडरका प्रहरी सहायक निरीक्षक हर्कबहादुर साउदले जानकारी दिए । बिहान इस्कारपियोले मोटरसाईकललाई ठक्कर दिएको बताइएको छ । स्कारपियो चालकलाई नियन्त्रणमा लिई थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।