सरकारी गाडीको ठक्करबाट शुक्रबार राति एकजनाको मृत्यु
लहान, वैशाख १५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सिरहाको लहान–११, पडरियाचोकमा सरकारी नम्बर प्लेटको सवारी–साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्करबाट शुक्रबार राति लहान नगरपालिका–१, सिंग्राही निवासी ५५ वर्षीय बिन्दीलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।
पडरियाचोकदेखि पश्चिममा सवारी–साधनको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि लहान अस्पतालतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस



