[ ]
Latest News Updates

ADVERTISE WITH US

५४ जना सवार सौर्य एअरलाइन्सको विमान दुर्घटनाबाट जोगियो
Saturday, April 28, 2018 Posted by Mero Tv

कैलालीको धनगढी विमानस्थलमा सौर्य एअरलाइन्सको एक विमान शुक्रबार दिउँसो दुर्घटना हुनबाट जोगिएको छ ।

काठमाडौंबाट आएको सो विमान धनगढी विमानस्थलमा अवतरण गर्नेक्रममा विमानको अघिल्लो भागमा चरा ठोक्किएको हो ।

सौर्य एअरलाइन्सको ‘९एनएएमई’ कलसाइन भएको विमानमा चरा ठोक्किएको धनगढी विमानस्थलका कन्ट्रोलर रवि यादवले जानकारी दिए ।

५० जना यात्री र चालकदलका चार सदस्यसहित ५४ जना सवार विमान ६ हजार फिटमाथिबाट अवतरण गर्नेक्रममा चरा ठोक्किएको एअरलाइन्स स्रोतले जनाएको छ । सवार सबैजना सकुशल छन् ।

सो विमानलाई अहिले पार्किङस्थलमा राखिएको छ ।

अब काठमाडौंबाट इन्जिनियरको टोली आएर परीक्षण गरेपछि विमानको उडान हुने/नहुने टुंगो लाग्ने यादवको भनाइ छ ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi