[ ]
Latest News Updates

ADVERTISE WITH US

आन्तरिक विमानस्थलको विकल्पको रुपमा काभ्रेमा विमानस्थल निर्माण कार्यको शुरुवात
Tuesday, May 1, 2018 Posted by Mero Tv

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा अघि सारिएको काभ्रेपलाञ्चोकमा विमानस्थल निर्माणको कार्य अघि बढेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढेपछि त्यसको विकल्पमा आन्तरिक विमानस्थल बनाउन उपयुक्त स्थानको खोजी गर्ने क्रममा पर्यटन मन्त्री तथा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्रीसहितको टोलीले मंगलबार काभ्रेको तीन वटा क्षेत्रलाई केन्द्रमा राखेर स्थलगत अनुमगन गरेको छ ।

अनुगमनपछि धुलिखेलमा भएको स्थानीय सरोकारवालाहरुसंगको अन्तक्र्रियामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारीले आवश्यक्ता, स्थानीयवासीको भावना, रुट तथा लागतलाई ध्यान दिएर १५ दिन भित्रमा विज्ञहरुसहितको टोलीले प्रतिवेदन पेश गर्ने गरि द्रुत गतिमा काम अगाडि बढाइने बताउनु भयो ।



सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भएको स्रोत र साधनलाई बढी परिचालन गरेर कम मूल्य र छिटो समयमा विमानस्थल निर्माणको काम अगाडि बढ्ने बताउनु भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दै गएको एयर ट्राफिक जाम अन्त्य गर्न भन्दै सरकारले ५ वर्ष अगाडि काठमाडौ नजिकै आन्तरिक विमानस्थल बनाउने योजना लिएको भएपनि योजना अघि बढ्न सकेको थिएन ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi