[ ]
Latest News Updates

ADVERTISE WITH US

विन्ध्यवासिनीका तीन बसहरु निर्वाध सञ्चालन हुने / यातायात व्यवसायीको आन्दोलनका कार्यक्रम फिर्ता
Thursday, February 18, 2016 Posted by Chitra Khabar

पोखरा, ६ फागुन / नयाँ बस थपेको भन्दै आन्दोलनमा उत्रेका यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । 
सरोकारवाला र प्रशासनबीच बिहिबार अपरान्ह भएको वार्ता सहमतिमा टुंगिएको हो । चार बुँदे सहमति पछि विन्ध्यवासिनी यातायात व्यवसायी समितिका तीन बसहरु निर्वाध सञ्चालन हुनेछन् ।  सडक नै आफ्नो ठान्दै कब्जा गरेर सर्वसाधारणलाई सास्ती दिएको र अरुलाई गरिखान नदिने हर्कत गरेको भन्दै सार्वजनिक सञ्जालदेखि जनस्तरमा चर्को विरोध भएपछि पुराना यातायात व्यवसायीहरु कानुन सम्मत ढंगले अघि बढ्ने भएका छन् । चार बुँदे सहमतिमा पहिलो बुँदामा विन्ध्यवासिनीका बसहरु ढुंगाले फोड्नेहरु पक्राउ गरेकोमा उनीहरुलाई निशर्त छाड्ने, आन्दोलनका कार्यक्रम फिर्ता लिने, तयन दिनभित्र रुट पर्मिट मिलाउने र अरु बसहरु थप्नका लागि अधिकारसम्पन्न कार्यदल बनाएर उसकै सिफारिसमा प्रक्रिया अघि बढाउने सहमति भएको बताईएको छ ।  प्रशासनको रोहवरमा भएको वार्तामा पोखरा बस व्यवसाय समितिदेखि पुराना यातायात व्यवसायीहरु, नयाँ बस समितिका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा संयन्त्र तथा सरोकारवालाको सहभागिता थियो ।   
यदि तपाईको आसपास कुनै पनि किसिमको समाचार छ सडक , सवारी र यातायात क्षेत्रको भने हामीलाई जानकारी गरौनुहोश . थप जानकारीको लागी सम्पर्क 
ट्राफिक खबर मिडिया , रामशाह पथ , काठमाण्डौ 
प्रणप सुबेदी 9851085881 अथवा हाम्रो फेसबुक पेज Traffickhabar.com लाईक गर्नु फेसबुक मार्फत जानकारी गराउन सक्नुहुने छ . 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi