अपडेट / बिमान दुर्घटना भएको स्थलमा सुरक्षाकर्मी पुग्न गाह्रो / उद्दारका लागी गएका सुरक्षाकर्मी निरास
१२ फागुन, /तारा एरको बिमान दुर्घटना भएको स्थलमा सुरक्षाकर्मी लगायत उद्दार टोलिहरु घट्ना स्थल सम्म पुग्न नसकिरहेको र उद्धार कार्यमा कठिनाई भएको बताए सशस्त्र प्रहरीका डीआईजी नरेन्द्रकुमार सिंहले । हामीले यो समाचार तयार पार्दा सम्म डीआईजी नरेन्द्रकुमार सिंहले भने -‘म अहिले पनि पोखरा विमानस्थलमा छु । तर, खराब मौसमका कारण हेलिकोप्टर जाने सम्भावना छैन ।’
त्यस्तै घटना स्थल बाट स्थानीय संचार्कम्रिको सहोगमा हामीले बुझ्न खोज्दा प्रहरी हवल्दार चन्द्रलाल रावलले बताएअनुसार अहिले पानी पर्ला जस्तो भएको छ । पानि परेको खण्डमा उद्दार कार्यमा अझ कठिनाई हुने पनि उनले बताए । घटनास्थलमा नेपाल प्रहरीको १८ सदस्यीय टोलीको साथै सशस्त्र प्रहरीको अर्को टोली पनि रहेको छ यद्दपी उद्दार कार्यमा भने कठिनाई भईरहेको बताईएको छ । शव संकलन गर्न सकेको अवस्थामा पुग्न गाह्रो रहेको बताए हवल्दार रावलले । भीर र अध्यारो बढी भएकोले उद्दार कार्यमा कठिनाई भएको बताए उद्दार कार्यमा लागेका सुरक्षाकर्मिहरुले ।’




