दक्षिणकालीमा सवारी दुर्घटना, ज्योति सुवेदीको मृत्यु
फाइल तस्बिर
काठमाडौं, ४ जेठ । काठमाडौंको दक्षिणकाली– ५ बाँसबारीमा बस दुर्घटना हुँदौ २५ वर्षीया ज्योति सुवेदीको मृत्यु भएको छ ।
सोमबार राति पौने ९ बजे बा २ ख ८८७ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार चन्द्रागिरी– ५ भन्ज्याङ्की सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी प्रभाग फर्पिङ्गले जनाएको छ ।
दुर्घटनामा संलग्न बस र चालकलाई फर्पिङ्ग प्रहरीले नियन्त्रणमा लिएको छ ।




