[ ]
Latest News Updates

ADVERTISE WITH US

पहिरोका कारण नेपाल–चीन केरुङ राजमार्ग बन्द
Monday, September 12, 2016 Posted by Chitra Khabar

आज बिहान गएको पहिरोका कारण स्याफ्रु– टिमुरेखण्डको राजमार्ग बन्द हुँदा सवारी साधन र मानिसको ओहोरदोहोर रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार वृद्धिम गाविस–१ फ्याङ्लुङ खोलानजिक भिरको माथिबाट आएको ठूलो पहिरोले राजमार्ग पूर्णरुपमा क्षति हुँदा चीनबाट हुने सामान ढुवानीमा समेत प्रभावित भएको छ ।  अहिले त्यस राजमार्गमा मानिस ओहोरदोहोर गर्ने अवस्थासमेत नरहेको बताइएको छ ।  पहाडको अग्लो स्थानबाट ढुङ्गा झरिरहेकाले राजमार्ग खुलाउन अझै चार÷पाँच दिन लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।   

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi