काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जीका लागि नेपाली सेनाले आकाश देखि जमिनसम्मको उच्च सुरक्षा व्यवस्था अपनाएको छ। साथमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सुरक्षा पहरा दिइरहेका छन्। तीन दिने भ्रमणका लागि आएका राष्ट्रपति प्रणव मुखर्जीको कारकेडमा मात्र २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकल छन्।
उनको सवारी सडकमा चलिरहँदा आकाशमा भने नेपाली सेनाले हेलिकप्टरले निगरानी गर्छ।
उनको सुरक्षाको पहिलो घेरमा नेपाली सेना खटिएको छ। सेनाले उनको सवारी क्षेत्रका ठूला भवनका छतमा समेत पहरा दिइएको छ। त्यस्नै सडकका बीचमा रहेका पुलहरुमा सशस्त्र प्रहरी खटिएको छ। सडकको किनाराको सुरक्षामा भने नेपाल प्रहरीले गरिरहेको छ।
सवारीको क्रममा राष्ट्रपति मुखर्जीको अघिपछि सुरक्षा निकायको सवारी साधनको स्कर्टिङ, सञ्चार सम्बन्ध विच्छेद गरिदिने जामर सहितको गाडी तथा एम्बुलेन्सको व्यवस्था छ। सवारिले ट्राफिक ब्याबस्थापनमा केही कठिनाई भएको र सर्बसाधारणले सास्थी भोग्नु परेको छ । पहिलो पोष्ट्बाट



