काठमाडौ,१७ कार्तिक ।
भारतीय राष्ट्रपतीको आवागमन सहज बनाउन सडकमा १४ सय ट्राफिक प्रहरी खटाइएको छ । सवारीलाई सहज बनाउन काठमाडौंको मुख्य सडकमा गाडीको व्यवस्थानप गर्न र सहायक सडकबाट मुल सडकमा निस्कने गाडीलाई रोक्न सडकमा १४ सय ट्राफिक खटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले जानकारी दिएका छन् ।
‘ट्राफिक प्रहरी प्रमुख अर्यालले भनेः‘भारतीय राष्ट्रपतिको सवारी हुने र आसपासका सडकमा खटाउनको लागि काठमाडौंका अन्य क्षेत्रबाट ट्राफिक प्रहरी ल्याएर परिचालन गरेका छौं, यसमा सर्वसाधारणले पनि साथ दिनुपर्छ ।’ छिमेकी मुलुकका प्रमुखको राजकीय भ्रमणका क्रममा केहीबेर हुने सडक अवरुद्धलाई नागरिकले पनि बुझिदिनुपर्ने उनको भनाई छ ।
भारतीय राष्ट्रपतिको सवारीमा अबरोध नहोस भनेर एअरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, गौशला, चाबहिल लगायतका क्षेत्रमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।



