[ ]
Latest News Updates

ADVERTISE WITH US

२०७३/०८/२७,गते नेपालमा भएका सडक दुर्घटनाहरु
Sunday, December 11, 2016 Posted by Chitra Khabar

२०७३/०८/२७,हेटौडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
---------------------------------------------------------------------------
हिजो साँझ ६ बजे मकवानपुरको हेटौडा ४ मा ना ४ ख १८०५ नम्बरको ट्रकले बा ३१ प ४२६७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भवानीपुरका २५ वर्षिय जगत साहतेली रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका साहतेलीको उपचारको क्रममा जिल्ला अस्पताल हेटौडामा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यलय मकवानपुरले नियन्त्रणमा लिएको छ ।


२०७३/०८/२७,चितवनमा बलेरोको ठक्करबाट साइकलयात्रीको मृत्यु
----------------------------------------------------------------------
गएराति सवा ९ बजे चितवनको राप्ती ९ खुरखुरे चोकमा ना ३ च १२२ नम्बरको बलेरो जिपको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन खैरेनीका २७ वर्षिय धर्मेन्द्र साह रहेका छन् । उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा संलग्न जीप र चालक फरार रहेकाले खोजि भैरहेको ईलाका प्रहरी कार्यलय भण्डाराले जानकारी दिएको छ ।


२०७३/०८/२७,बाफलमा बसबाट खस्दा एकको मृत्यु
----------------------------------------------------
गएराती २०:२० बजेको समयमा काठमाण्डौ जिल्ला बाफल सोल्टी दोबाटोस्थित सडकखण्डमा स्वयम्भुबाट कलंकीतर्फ जाँदै गरेको बा २ ख ८५६ नम्बरको बसबाट खस्न गइ दुइ यात्री घाइते भएका छन् । घाइते हुनेमा जिल्ला धादिङ धुसा ७ बस्ने २१ वर्षिय अनुद सिलवाल र सोहि स्थान बस्ने ५५ वर्षिय डोल प्रसाद सिलवाल रहेका छन् । घाइते दुवैलाई सिटी अस्पताल कलंकी पठइएकोमा अनुद सिलवालको विर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा संलग्न सवारी साधन प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा ।


२०७३/०८/२७,सर्लाहीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
------------------------------------------------------------------
गएराति पौने १२ बजे सर्लाहीको ढुङग्रेखोला ४ स्थित आदर्श चोकमा बा ३ ख २८१४ नम्बरको यात्रुबाहक बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ४७ वर्षिय साईकलायात्री लक्ष्मण भुजेल रहेका छन् । उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस र चालकलाई ईलाका प्रहरी कार्यलय कर्मैयाले नियन्त्रणमा लिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi