[ ]
Latest News Updates

ADVERTISE WITH US

तेह्रथुमको बस दुर्घटनामा त्यु हुनेको संख्या पाँच पुग्यो / अन्य गम्भीर घाईते
Sunday, December 11, 2016 Posted by Chitra Khabar

तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडक खण्ड अन्तर्गत गढीभिरमा आइतबार भएको बस दुर्घटना मृत्यु हुनेको संख्या पाँच  पुगेको छ  । 

तीन जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा मृत्यु भएको बताईएको छ  । दुर्घटनामा परी २३ जनाभन्दा बढी यात्री घाइते भएका छन् । 


घाइतेमध्ये पाँच जनाको अवस्था अझै पनि गम्भीर रहेको बताइएको छ । घटनामा मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । 



धरानबाट तेह्रथुमको औंसीडाँडातर्फ आउँदैै गरेको ना ४ ख २८६५ नंको बस गढीभिरको सडकबाट करिब दुई सय मि तल खसेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi