[ ]
Latest News Updates

ADVERTISE WITH US

२० बर्ष पुराना सवारी : कालो प्लेटमा लागू अरुलाई के गर्ने ?
Saturday, February 25, 2017 Posted by Chitra Khabar

काठमाडौं । सरकारले २० बर्ष पुराना सवारी साधानलाई विस्थापित गर्ने निर्णय गरेको दुई बर्ष वित्न लाग्यो तर अझै पनि २० बर्ष पुराना सवारी साधान विस्थापित हुन सकेका छैनन् । २०७१ साल फाल्गुन १८ गते राजपत्रमा सूचना प्रकाशित गरि २० बर्ष पुराना सवारी साधानलाई दुई बर्षभित्र हटाउने नीति सरकारले लिएको थियो र यही फाल्गुन १७ गते दुई बर्ष पूरा हुन्छ । तर, अझै २० बर्ष पुराना सवारी साधानहरु हटेका छैनन् ।
देशभरि कुल २५ लाखको हाराहारीमा सवारी साधानहरु छन् जसमध्ये १९ लाख दुई पाङग्रे र ६ लाख चार पाङगे माथिका सवारी साधान हुन् । राजधानी उपत्यकाको मात्रै हिसाव गर्ने हो भने वाग्मती अन्चलभरि २ लाख ३८ हजार सवारी साधन दर्ता भएको तथ्याक छ जसमध्ये २ हजारको हाराहारीमा २ बर्ष नाघेका सवारी साधान छन् । सरकारले अहिले २० बर्ष पुरानो सार्वजनिक सवारी साधान मात्रै हटाउने भनेको हो र यसमा व्यक्तिगत सवारी साधानहरु पर्दैनन् जस्को कारण तिनीहरुलाई के गर्ने भन्ने बिषय समेत अन्योलमा छ । २०४३ साल देखि नै २० बर्षे पुराना सवारी साधनलाई राजधानीबाट विस्थापन गर्ने प्रयास हुँदै आएको छ । तर, यो प्रयास ३० वर्ष वितिसक्दा पनि सरकारको यो निर्णय कार्यान्वयन हुन नसक्दा फेरि यसपटक यातायात व्यवस्था विभाग पुराना गाडी हटाउन कस्सिएको छ ।
सवारीसाधनको चापका कारण अत्यधिक ट्राफिक जाम, पुराना सवारी साधनले फाल्ने धुँवाका कारण वातावरणीय असर, दुर्घटना जोखिम न्यूनीकरणका लागि निर्णय लागु गराएरै छाड्ने यातायात व्यवस्था बिभागको प्रतिबद्धता छ । सडकमा निक्लनासाथ दैनिक धुवाधुलोको हैरानी खेप्नु पर्ने पीडा एकातिर छदैछ । त्यसमा पनि अत्यधिक सवारी चापका कारण सडक जाम हुदा योजना बनाए भन्दा दोब्बर समय सडकमा नै विताउनुपर्छ । विभागले २० वर्ष अवधि पुगेका सडकमा गुड्ने सवारीसाधन विस्थापन गर्दा ट्राफिक व्यवस्थापनमा सहज हुने महानगर ट्राफिक प्रहरीको विश्वास छ ।
२० बर्ष पुराना सवारी हटाउने निर्णय सकारात्मक भएपनि यसको म्याद हदवन्दी भन्दा पनि सवारी साधनको प्राविधिक अवस्था मुल्यांकन गरि विस्थापन गरिनुपर्ने सुझाव यातायात व्यवसायीहरुको छ । तत्कालीन राणाकालमा राणा शासकहरुले बग्गी कुँदाउन बनाएको सडक नै अझै पनि अस्तित्वमा छन कतिपय स्थानमा । विश्वका हरेक भागमा उत्पादन भएका सवारी साधनहरु गुड्ने काठमाडौं उपत्यकाको सवारी जामको समस्या हटाउन थालेको यो अभियानको सकारात्मक नतिजाको प्रतीक्षामा काठमाडौंवासी छन् । यसो गर्दा राजधानी उपत्यकाबाट २ हजारको हाराहारीमा मात्रै सर्वजनिक सवारी साधन विस्थापित हुने देखिएको छ ।
व्यक्तिगत, स्कूल,पर्यटक बाहकलाई के गर्ने विभाग आफैं अलमलमा
२० बर्ष भन्दा पुराना सार्वजनिक सवारी साधानलाई राजधानीभित्र यही फाल्गनु १७ गतेदेखि रोक लगाइए पनि २० बर्ष भन्दा पुराना व्यक्तिगत, स्कूल बस, पर्यटक बोक्ने सवारी साधनलाई चाहि के गर्ने भन्ने बिषयमा यातायात व्यवस्था विभागले अझै निर्णय गर्न सकेको छैन । २० बर्ष पुराना बसहरु अहिले पनि स्कूलका विद्यार्थी बोक्न, पर्यटक बोक्न र अन्य काममा समेत प्रयोग हुँदै आएका छन् । जसवापत उनीहरुले रकम लिन्छन् । तर, त्यस्ता सवारी साधानहरुको बिषयमा भने अझै कुनै निर्णय हुन सकिरहेको छैन ।बढ्दो सवारी दुर्घटना, काडमाण्डौं यतिखेर कहाली र अनिश्चयको खाल्डो बन्दैछ । सडकको क्षमता भन्दा बढी सवारी साधनको भीड बढेपछि सरकारले २० बर्ष पुराना थोत्रा सवारी साधन तह लगाउने उपाय अघि सारेको छ । यो स्वागत योग्य कदमलाई कार्यान्वयन गरेर अगाडि बढ्न जरुरी छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi