[ ]
Latest News Updates

ADVERTISE WITH US

२०७३/११/१२ गते नेपालमा भएको दुई दुर्घटना
Thursday, February 23, 2017 Posted by Chitra Khabar

२०७३/११/१२, बाँकेमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु
------------------------------
-------------------------------------------
बाँकेको सोनपुर-९ मा आज मोटरसाइकलको ठक्करबाट ९ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान साँढे ८ बजे भे ४ प ६४७१ नम्बरको मोटरसाइकलको ठक्करबाट भारत घर भई सोही ठाउँमा आफन्तकोमा बस्दै आएकी करिस्मा पाजीको मृत्यु भएको हो ।ठक्कर दिने मोटरसाइकल सहित चालकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७३/११/१२, बिरगंजमा ट्रकको ठक्करबाट साइकल यात्री घाइते
------------------------------
------------------------------------
पर्साको बिरगंज-१७ प्रतिमा चोकमा हिजो बेलुकी साँढे ७ बजे भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट साइकल यात्री पर्सा पिपराका २२ बर्षिय रामेश्वर पटेल गम्भिर घाइते भएका छन । घाइतेको गण्डक अस्पताल पर्सामा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक सहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi