[ ]
Latest News Updates

ADVERTISE WITH US

मिति २०७३/११/१५ गते आईतबार भएका केही सवारी दुर्घटना
Sunday, February 26, 2017 Posted by Chitra Khabar

२०७३/११/१५,कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु
------------------------------
-----------------------------------
कैलालीको चौमाला-४ मा हिजो साँझ ६ बजे यात्रुबाहक बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । धनगढीबाट टिकापुर तर्फ जाँदै गरेको ना ४ ख २११५ नम्बरको बसको ठक्कर बाट अछाम सोकट-५ घर भएकी ६५ वर्षिया चना पार्कीको मृत्यु भएको हो । ठक्कर दिने बस सहित चालकलाई ईलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ ।

२०७३/११/१५, दाङगमा अन टेस्ट ट्याक्टरको ठक्करबाट एकको मृत्यु
------------------------------
----------------------------------------
हिजो बेलुकी ७ बजे दाङ्गको श्रीगाउँ-५ मा अन टेष्ट ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका स्थानिय १७ वर्षीय ऐजन चौधरीको मृत्यु भएको छ । उनको स्थानिय अस्पतालबाट थप उपचारको लागि नेपालगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर सहित चालकलाई प्रहरी चौकी बगरले नियन्त्रणमा लिएको छ ।

२०७३/११/१५, दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु
---------------------------------------------
----------------------------------
आज बिहान पौंने ८ बजे रुपन्देहीको जोगडा-४ सडकमा लु १९ प ६५२ र लु २४ प ६६४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । दुर्घटनामा ६५२ नम्बरका मोटरसाइकल चालक रुपन्देही-७ बस्ने १८ बर्षीय नियाज अहमद मुुसलमानको घटनास्थलमै मृत्यु भएको हो । सोही मोटरसाइकल पछाडि सवार रहेकी ७ बर्षीया खुसनामा मुसलमान,११ बर्षीया राहत खातुन,१३ बर्षीया हसिना खातुन र ६६४३ नम्बरका मोटरसाइकल चालक लुम्बिनी संस्कृति-११ का १९ बर्षीय गणेश कुर्मीं घाइते भएका छन् । घाइते मध्ये खुसनामा र कुर्मीको अवस्था गम्भिर रहेकाले उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेकोले स्थानिय अस्पतालमै उपचार भैरहेको छ । दुबै मोटरसाइकल ईलाका प्रहरी कार्यालय सुर्यपुरको नियन्त्रणमा रहेको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi