२०७३/११/३०, फर्पिङ्गमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
------------------------------
-----------------------------------------
काठमाडौंको फर्पिङ्ग सतिखेल स्थित सडकखण्डमा बा ४ ख २९०७ नम्बरको ट्रिपरले बा ६० च ३८६२ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । मृतकको नाम थर वतन खुल्न सकेको छैन् । दुर्घटना पश्चात् फरार रहेका ट्रिपर चालकको खोजी भईरहेको छ ।
२०७३/११/३०, कलंकीमा भारतिय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
------------------------------
------------------------------
------------------------
काठमाडौंको कलंकी चोक स्थित सडक खण्डमा आज बिहान ०९:५० बजे भारतिय नम्बरको ट्रकले बा ६६ प १०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक, चन्द्रागिरी न. पा. सतुङगल बस्ने ४२ वर्षीय राजु नकर्मीको गम्भीर घाइते भई उपचारको क्रममा सहिद मेमोरीयल अस्पतालमा मृत्यु भएको छ । दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई महानगरीय प्रहरी वृत कालीमाटीले नियन्त्रणमा लिएको छ ।
२०७३/११/३०,पाल्पामा स्कुटर दुर्घटना, चालकको मृत्यु
------------------------------
--------------------------
पाल्पाको कसेनी ७ सिरौलीधारा नजिकै हिजो साँझ ५ बजे लु २५ प ३४४७ नम्बरको स्कुटर अनियन्त्रीत भई दुर्घटना हुंदा चालक, तानसेन नगरपालिका ३ का २८ वर्षिय सञ्जय बोहोराको घटनास्थलमै मृत्यु भएको छ भने पछाडि सवार सोही ठाउँका विवेक थापा गम्भीर घाइते भएका छन् । उनको लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामै उपचार भईरहेको उपचार भईरहेको छ ।
२०७३/११/३०, कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
------------------------------
------------------------------
----------------
कैलालीको धनगढी ८ मनोहरामा हिजो बेलुकी ७ बजे बा ३ ख १६३३ नम्बरको जन्ती बसले से ४ प ६१३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक, कैलालीकै उर्मा ४ का २४ वर्षीय गोविन्द जोशीको गम्भीर घाइते भई उपचारको क्रममा सेती अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको छ भने पछाडि सवार मुकेश थापाको सोही अस्पतालमै उपचार भैरहेको छ । ठक्कर दिने बस सहित चालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ ।
२०७३/११/३०, भक्तपुरको टौमडीमा स्कुटर दुर्घटना, चालकको मृत्यु
------------------------------
----------------------------------------
भक्तपुरको टौमडीमा गएराति १० बजे बा ६१ प ६१८३ नम्बरको स्कुटर अनियन्त्रीत भई दुर्घटना हुंदा चालक, भक्तपुर कोलाठेका २७ वर्षिय रत्न सुन्दर छेगुतलाको गम्भीर घाइते भई उपचारको क्रममा भक्तपुर अस्पतालमा राती नै मृत्यु भएको छ । चालकले मदिरा सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।



