२०७३/११/२८, सिराहामा मोटरसाईकल दुर्घटना,१ को मृत्यु ,१ घाइते
---------------------------------------------
------------------------
सिराहाको गोलबजार नगरपालिका-७ स्थित मैनावती पुल नजिकै आज बिहान मोटरसाईकल दुर्घटनामा परी सिराहा नगरपालिका ७ का ३५ वर्षिय डोमा महराको मुत्यु भएको छ भने मोटरसाईकल चालक सामान्य घाईते भएका छन् ।गम्भीर घाईते भएका महराको उपचारको क्रममा रामशंकर उमा स्मारक अस्पतालमा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । सिराहाको लहानबाट धनुषा तर्फ तिव्रगतिमा आउँदै गरेको स ७ प १२४९ नम्बरको मोटरसाईकल बिहान साँढे ४ बजे अनियन्त्रित भई पल्टिएको स्थानिय प्रहरीले जानकारी दिएको छ ।
२०७३/११/२८, कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
---------------------------------------------
---------------------------
कञ्चनपुरको बेतकोट नगरपालिका-१ स्थित सडकखण्डमा ट्याक्टरको ठक्करबाट गम्भिर घाईते भएका मोटरसाइकल चालकलाई उपचारका लागि लैजादै गर्दा बाटैमा मुत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानिय ४५ बर्षिय विरबहादुर विष्ट रहेका छन् । आज बिहान साँढे ९ बजे से १ त ३७४० नम्बरको ट्याक्टरले म १ प ३३८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको हो । दुर्घटनामा संलग्न सवारी साधन सहित ट्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय कञ्चपुरले नियन्त्रणमा लिएको छ ।
२०७३/११/२८, बैतडिमा ट्रकको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु
------------------------------
------------------------------
-------------------
आज मध्यान्ह् १२ बजे बैतडिको न्वाडी-७ बिटकम स्थित सडकखण्डमा ना ७ ख ३२७ नम्बरको ट्रकको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय मोहन सिंह एरीको १३ बर्षिया छोरी हिरा कुमारी एरी रहेकी छिन् । दुर्घटनामा संलग्न ट्रक सहित चालकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०७३/११/२८,महोतरीको गौशालामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु
---------------------------------------------
------------------------------------
महोतरीको गौशाला-४ मा हिजो मोटरसाईकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा महोतरी बिजलपुरा-५ बस्ने ३० वर्षिय बाबुलाल पाचेमगर रहेका छन् । हिजो बेलुकी पौंने ७ बजे ज ७ प १९५ नम्बरको तीव्र गतिमा गुडिरहेको मोटरसाईकल सडकमा गुडिरहेको टाँगामा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा संलग्न मोटरसाईकल र चालक सहित टाँगालाई नियन्त्रणमा लिएको ईलाका प्रहरीक कार्यलय गौशालाले जानकारी दिएको छ ।



