[ ]
Latest News Updates

ADVERTISE WITH US

ruapndejhi
Monday, March 6, 2017 Posted by Chitra Khabar

२०७३/११/२३, रुपन्देहीमा सवारी दुर्घटना, २ जनाको मृत्यु
---------------------------------------------
--------------
रुपन्देहीको कम्हरीया र सैनामैनामा हिजो भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । १ जना गम्भीर घाइते भएका छन् । भैरहवा–लुम्बिनी सडकखण्ड अन्तर्गत कम्हरीया ९ झुलनिपुरमा हिजो बेलुकी ८ बजे साईकलको ठक्करबाट स्थानिय ५६ बर्षीय मनबोध लोहारको मृत्यु भएको छ । ठक्कर दिएर फरार रहेका साईकल चालकको खोजी भैरहेको छ । त्यस्तै सैनामैना १ ब्राहमा चोकमा गएराती साढे ९ बजे लु ६ प ९४६४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुंदा चालक, बुटवल १९ का ३५ बर्षीय सन्त बहादुर परियारको मृत्यु भएको छ । उनको उपचारको क्रममा लुम्बिनी अंचल अस्पतालमा राती पौने १० बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पछाडी सवार १९ बर्षीय खेम चौधरीको सोही अस्पतालमै उपचार भैरहेको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi