डुकाटीले विद्युतीय बाइक र स्कुटर बजारमा उतार्ने
एजेन्सी । सन् २०२१ सम्ममा अटोमोबाइलको विश्व चर्चित ब्रान्ड डुकाटीले पर्यावरणमैत्री बाइकको सिरिज लञ्च गर्ने भएको छ । डुकाटीले अबको चार वर्षभित्र विद्युतीय बाइक र स्कुटर बजारमा उतार्ने घोषणा गरेको हो।
हालसम्म डिजेल र पेट्रोलबाट चल्ने बाइक उत्पादन गरेको डुकाटीको बाइकहरू विश्व बजारमा निकै चर्चित छन् । यसको उत्कृष्ट मोडल र ग्यारेन्टीको विषयमा थाहा नपाउने सायदै कोही बाइक-प्रेमी होलान्।
अरु अटोमेकरहरू डिजेल र पेट्रोलको परनिर्भरता घटनाउने अभियानमा रहेका बेला डुकाटीले पनि नयाँ घोषणा गरेको हो । डुकाटीको पूर्वी युरोपका कार्यकारी निर्देशक एडवर्ड लेथेले फ्रान्सको अटोमोबाइल वेबसाइट ‘मोटो स्टेसन’मा यसको पुष्टि गर्दै भनेका छन्, ‘कम्पनीले दुई पांग्रे वाहानलाई विद्युतीयमा ढाल्ने अभियान सुरु गरेको छ। २०२१ सम्म यो मोडल डुकाटीसँग जोडिसक्नेछ। वाहान ‘युरो भी’ एमिसन नर्म्सको हुनेछ। जसलाई सन् २०२० मा लागू गरिनेछ।’