[ ]
Latest News Updates

ADVERTISE WITH US

सुनसरीको तरहरामा ट्रकको ठक्करबाट महिलाको मृत्यु
Friday, November 10, 2017 Posted by Mero Tv

सुनसरीको इटहरी उपमहानगरपालिका-२०, तरहरामा शुक्रबार ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ ।
फाईल तस्बिर 

मृत्यु हुनेमा स्थानीय ६० वर्षीया फुलमाया राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरानदेखि इटहरीतर्फ आउँदै गरेको ना २ ख १०४७ नम्बरको ट्रकले ठक्कर दिँदा राईको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi