[ ]
Latest News Updates

ADVERTISE WITH US

तपाइको विद्युतीय स्कूटर मोटरसाइकल छ ? ल एक पटक यो पढ़नुहोश
Sunday, February 11, 2018 Posted by Mero Tv

विद्युतीय स्कूटर मोटरसाइकल दर्ता नगरी चलाए पाँच हजार जरिवाना
 काठमाडौं  । विद्युतीय स्कुटर र मोटरसाइकल दर्ता नगरी प्रयोग गरे सरकारले पाँच हजार रुपैयाँ जरिवाना गर्ने भएको छ। पछिल्लो सयम उपत्यकामा दर्ता नगरिएका विद्युतीय स्कुटर बाक्लै देखिन थालेपछि सरकारले दर्ता प्रक्रियामा कडाइ गर्न लागेको हो।

दर्ता नै नगरेका सवारीले दुर्घटना गराएको अवस्थामा कारबाही गर्न र भागेका अवस्थामा खोज्न सम्भव छैन। सहरी क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न विद्युतीय स्कुटर र मोटरसाइक अनिवार्य दर्ता प्रक्रियामा ल्याउने यातायात व्यवस्था विभागको तयारी छ। दर्ता प्रक्रिया दुई वर्ष अगाडिबाटै सुरु भए पनि प्रभावकारी नभएको भन्दै विभागले कडाइका साथ पुनः दर्ता प्रक्रिया अगाडि बढाउन लागेको हो। कारवाहीको जिम्मा पाएको ट्राफिक प्रहरीले पनि विद्युतीय स्कुटरलाई नियन्त्रणमा लिएर कारवाही गरेको छैन। बढ्दो विद्युतीय सवारीको अभिलेख राख्न यातायात व्यवस्था विभागले दर्ता प्रक्रिया सुरु गरे पनि प्रभावकारी भएको थिएन।,समाचार अन्नपुर्ण पोष्ट ले लेखेको छ ।

विभागले भारतीय नाकाबन्दीका बेला अत्यधिकमात्रमा विद्युतीय स्कुटर आयातसँगै दर्ता प्रक्रिया थालेको थियो। दर्ता प्रक्रिया थालेको एक वर्षसम्म प्रयोगमा रहेका केही स्कुटरले दर्ता गरे पनि पछिल्लो समय दर्ता नै गर्न छाडेका थिए। बिना दर्ता प्रयोगमा आएका विद्युतीय स्कुटर अनुगमनका समयमा फेला परे पाँच हजार रुपैयाँ जरिवाना गरिने विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए।

दर्ता नै नगरेका सवारीले दुर्घटना गराएको अवस्थामा कारबाही गर्न र भागेका अवस्थामा खोज्न सम्भव छैन।‘दर्ता प्रक्रिया सुरु भए पनि प्रभावकारी भएको थिएन्’, उनले भने, ‘विभागले अब विद्युतीय मोटरसाइकल समेत बजारमा आइसकेकाले दर्ता प्रक्रिया कडाइका साथ कार्यान्वयनमा ल्याउँछ।’ दुई वर्ष अगाडि नै दर्ता प्रक्रिया सुरु गरेको विभागसँग कुन अञ्चलमा कति विद्युतीय स्कुटर र मोटरसाइकल दर्ता भएका छन् त्यसको तथ्यांक छैन। विभागले अब भने व्यवस्थित रूपमा विद्युतीय स्कुटरको दर्ता प्रक्रिया थालनी गर्दै तथ्यांक समेत राख्ने उनको भनाइ छ।

विभागले ट्राफिक प्रहरी महाशाखालाई पनि बिना दर्ता प्रयोगमा आएका विद्युतीय स्कुटर र मोटरसाइकल फेला परे कारवाही गर्ने अधिकारसहतिको परिपत्र पठाउने तयारी भएको उनले जानकारी दिए।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi