[ ]
Latest News Updates

ADVERTISE WITH US

यातायात क्षेत्रको बेथितिबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ जारी
Sunday, April 22, 2018 Posted by Mero Tv

सर्वोच्च अदालतले यातायात क्षेत्रमा रहेको बेथिति र अव्यवस्थाको पहिचान गरी कानून, नीतिगत र व्यवस्थापकीय सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्न दिएको परमादेशको पूर्ण पाठ हिजो सार्वजनिक गर्यो ।

 उपभोक्ता हित संरक्षण मञ्चले दायर गरेको रिटमा सर्वोच्चले गत मंसिर ३० गते गरेको फैसलाको हिजो पूर्णपाठ जारी गरिएको हो । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले यातायात क्षेत्रको बेथिति सुधार्न सरोकारवाला सबैको प्रतिनिधित्व हुने गरी आयोग गठन गर्नेतर्फ कानूनबमोजिम नीतिगत निर्णय गर्न सरकार लगायत ७ विपक्षीको नाममा परमादेश जारी गरेको थियो । यात्रुवाहक र मालवाहक सार्वजनिक यातायात सेवामा सिण्डिकेट र कार्टेलिङ नियन्त्रण गर्न माग गर्दै रिट हालिएको थियो ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi