[ ]
Latest News Updates

ADVERTISE WITH US

सडक दुर्घटनालाई कम गर्न धादिङबेसी र राजमार्गमा जेब्रा क्रसिङ
Thursday, April 26, 2018 Posted by Mero Tv

१२ बैशाख, धादिङ  –
धादिङबेसी बजार क्षेत्र र राजमार्ग क्षेत्रमा जेब्रा क्रसिङ राखिएको छ ।

धादिङबेसीको मुख्य चोकहरुमा र राजमार्गको गजुरी, मलेखु, बेनिघाट, धार्के लगायतका ठाउँमा जेब्रा क्रसिङ राखिएको हो । सडक दुर्घटनालाई कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको पहलमा राखिएको हो ।


पैदलयात्रीलाई बाटो काट्न सहज होस् भनेर ट्राफिक प्रहरीले जेब्रा क्रसिङको व्यवस्था गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । जिल्लाको पृथ्वी राजमार्ग हुँदै हजारौँ सवारी साधन आवातजावत गर्ने हुदाँ सम्भावित दुर्घटनालाई कम गर्न र बाटो काट्ने यात्रुलाई सहज बनाउन मद्धत पुग्ने सापकोटाको भनाई छ ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi