[ ]
Latest News Updates

ADVERTISE WITH US

रुकुममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
Thursday, April 26, 2018 Posted by Mero Tv

रुकुम, वैशाख १३ । रुकुममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
 

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ६ झुल्नेटामा रा४प ३२७९ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालक ३२ वर्षीय कृष्णबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् ।

उक्त दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मुसीकोट नगरपालिकाका–१३ का गंगाराम ददेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

घाइते ददेलको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज सिफारिस गरी पठाइएको छ । मोटरसाइकल अनियन्त्रित भई सडकबाट करीब १५ मिटर तल खसेको प्रहरीको भनाइ छ । (रासस)

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi