[ ]
Latest News Updates

ADVERTISE WITH US

सडक निर्माणपछि मुगुको भट्टडाँडीदेखि शोभागाउँसम्मका वासिन्दाको रुवावासी
Friday, April 27, 2018 Posted by Mero Tv

नगरपालिकाले तय गरेको मापदण्ड विपरित सडक निर्माण भएपछि मुगुको भट्टडाँडीदेखि शोभागाउँसम्मका वासिन्दाको रुवावासी, सडक उपभोक्ता समितिले मनपरि सडक बनायो
दान बहादुर बुढा,
मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १२ मा पर्ने भट्टडाँडी देखि शोभा गाउँसम्म जोड्ने सडकमा उपभोक्ता समितिले स्थानीयवासीलाई खबरै नगरि स्काभेटर चलाएको छ ।


उपभोक्ता समितिले नगरपालिकाको मापदण्ड भन्दा बिपरित सडक निर्माण गरेपछि स्थानीयवासी आक्रोशित बनेका छन् । समितिले नगरपालिकाको प्राविधिक टोलीले तय गरेका मापदण्ड भन्दा बिपरित काम गर्दा स्थानीयको खेती योग्य जग्गामा क्षति पुगेपछि जग्गाधनीहरुको रुवावासी चलेको स्थानीय जयरुपा रोकायाले बताउनु भयो ।

नगरपालिकाले पचास लाख र कर्णाली रोजगार कार्यक्रमको २० लाख गरि ७० लाखमा चालु आर्थिक वर्षमा मानव स्रोत साधन प्रयोग गरि सडक खन्ने सम्झौता भए पनि उपभोक्ता समितिले स्काभेटर लगाएर ठेक्का मार्फत काम सुरु गरेको स्थानीयवासीको गुनासो छ ।

नगरपालिकाले स्थानीय स्रोत साधनको प्रयोग गरि सडक निर्माण गर्ने निर्णय गरेको भएता पनि उपभोक्ता समितिले मनोमानी ढंगले काम गरेपछि स्थानीयवासी आक्रोशित बनेका हुन् ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi