रौतहटमा अग्नी यातायातको यात्रुबाहक बस दुर्घटनामा / एकको मृत्यु, सात घाइते
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको
धन्सर पुल नजिकै आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ
भने दुर्घटनामा सात जना घाइते भएका छन् ।
विराटनगरबाट काठमाण्डौं आउँदै गरेको ना ५ ख
२७२ नम्बरको अग्नी यातायातको यात्रुबाहक बसले रोकिराखेको ना ४ ख १०५९
नम्बरको ट्रकलाई ठक्कर दिदा उक्त दुर्घटना भएको ईलाका प्रहरी कार्यालय
चन्द्रनिगाहपुरले जनाएको छ । तीब्र गतिमा रहेको अग्नि यातायातको बसले ठक्कर
दिँदा सोहि बसका यात्रु रामेछाप चिसापानी २ की २७ वर्षकी मिना तामाङको
मृत्यु भएको छ । गम्भीर घाईते भएकी तामाङ्गको उपचारका क्रममा मृत्यु भएको
हो ।
उक्त दुर्घटनामा परि झापाका ३२ वषिर्य
गणेश पंडित, सुनसरी इटहरीका ४५ वषिर्य मलिन्द्र पोखरेल, हरी बास्कोटा
गम्भीर घाइते भएका छन । गम्भीर घाइते मध्ये पंडित र बास्कोटा दुई जनालाई थप
उपचारको लागी हेटौडा ल्याइएको छ भने पोखरेलको बारा स्थित निजगढमा उपचार
भइरहेको छ । सामान्य घाइते भएका अन्य चार जनालाई चपुर अस्पतालमा उपचारका
लागि लागिएको छ । उक्त बसमा ग्यासका सिलिण्डर र भारी मात्रामा पेट्रोलियम
पदार्थ समेत रहेको छ ।





