[ ]
Latest News Updates

ADVERTISE WITH US

रुकुम प्रालिको वसमा तोडफोड, १० यात्रु घाइते
Monday, January 4, 2016 Posted by Chitra Khabar

रुकुम यातायात प्रालिको गुडिरहेको बसमा ढुङ्गा प्रहार भएको छ । काठमाडौंबाट दाङ हुँदै रुकुम जाँदै गरेको यात्रु बसमा धानखोलाको केहि पूर्वी भागमा अन्धाधुन्ध आक्रमण भएको प्रालिका अध्यक्ष केशव रावलले बताए ।

अध्यक्ष रावलले राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिका झन्डै २५ जनाको संख्यामा रहेका व्यक्तिहरुले वसमा आक्रमण गरेको आरोप लगाए । अध्यक्ष रावलले अन्धाधुन्ध ढुङ्गा प्रहारबाट १० जना यात्रु घाइते भएको जानकारी दिए । उनका अनुसार घाइतेमध्ये तीनजनालाई टाउकोमा चोट लागेको छ भने अन्य सातजनालाई शरीरका विभिन्न भागमा ढुङ्गाले चोट लागेको छ ।

आक्रमणवाट बसको सिसाहरु फुटेको र तीन लाख बरावरको क्षति भएको अध्यक्ष रावलले बताए । यसअघि पटक-पटकको आक्रमणवाट आफ्ना वसहरुमा थप चार लाख वरावरको क्षति भएको अध्यक्ष रावलले जानकारी दिए । प्रालिको ना ५ ख ५७६५ नम्वरको वसमा सोमवार विहान करिव ३ वजेतिर आक्रमण भएको अध्यक्ष रावलले बताए । तर जिल्ला प्रहरी प्रमु्ख कुवेर कडायतले भने आक्रमण दाङ क्षेत्रमा नभई कपिलवस्तु क्षेत्रमा भएको प्रतिक्रिया दिए ।

यसैवीच अध्यक्ष रावलले तुलसीपुर र लमही क्षेत्रमा सुरक्षा अवस्था निकै कमजोर भएको आरोप लगाएका छन् । प्रालिका वसहरु माथि तुलसीपुर र लमही क्षेत्रमा पटक-पटक आक्रमण हुँदा पनि प्रहरी मुकदर्शक वनेको उनको आरोप छ ।

अध्यक्ष रावलले फोनमा भने ‘हामीलाई प्रहरीले आक्रमणकारीको नाम र हुलियासहित जाहेर दिन भन्छ, हुलहालमा मुख वाँधेर आउनेलाई हामीले कसरी चिन्न सक्छौं,दोषी पहिचान गर्ने त प्रहरीको काम हो नि ?’ उनले राप्ती समितिका पदाधिकारीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरी हिच्किचाएको आरोप लगाए ।
पेज लाइक गर्नुहोस

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi