[ ]
Latest News Updates

ADVERTISE WITH US

सिप्रदी ट्रेडिङका सुमन धमला विश्वकै उत्कृष्ट एड्भाइजर घोषित
Tuesday, January 19, 2016 Posted by Chitra Khabar

टाटा मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिका सुमन धमला सर्वोकृष्ट सर्भिस एडभाइजर घोषित भएका छन् ।
टाटा मोटर्सका संसारभरिका सर्भिस एड्भाइजरबीच भएको ‘ग्लोबल स्किलफेष्ट प्रतियोगिता’ मा धमला सर्वोत्कृष्ट घोषित भएका हुन् ।
थाइल्याण्डको पटायामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा १७ विभिन्न देशका प्रतियोगी सहभागी थिए । उत्कृष्ट २७ प्रतियोगीमध्येबाट धमलाले सर्वोकृष्ट सर्भिस एडभाइजरको उपाधि हात पारेका हुन् ।
स्किल फेष्ट प्रतियोगिताको छानैट चरण ४४ वटा देशहरुमा फेब्रुअरीदेखि भएको थियो । सार्क स्तरीय प्रतियोगितामा पनि ९ जनालाई पछि पार्दै धमला पहिलो भएका थिए ।
उनले प्रतियोगिता अघि झण्डै ३ महिना कडा मेहेनतका साथ तयारी गरेका थिए । आफ्नो लगनशीलता, मेहनत र प्रभावकारी तालिमको नतिजा स्वरुप आफुले उपाधि जितेको धमलाले बताए ।
तयारीका बीचमा नेपालमा आएको बिनासकारी भूकम्पले मानसकि रुपमा तयार हुन गह्रो भए पनि उनले आफ्नो अठोटलाई निरन्तरता दिएका थिए ।
विश्कै सर्वोत्कृष्ट सर्भिस एड्भाइजर घोषणा हुँदा जिन्दगीको एउटा ठुलो सपना साकार भएको सुमनले बताए ।
‘यो सफलताको श्रेय सिप्रदी ट्रेडिङ प्रालिका व्यवस्थापक र सहकर्मी सर्भिस एड्भाइजरलाई दिन चाहन्छु’ धमलाले भने ।
भारतको टाटा मोटर्स संसारकै ठुला गाडी उत्पादक कम्पनी मध्ये एक हो । बसतर्फ तेस्रो ठुलो र ट्रक तर्फ संसारकै चांैथो ठूलो निर्माता कम्पनी हो । यसका उत्पादनहरु दक्षिण अफ्रिका, स्पेन, ब्राजिल र दक्षिण कोरीया लगायत ४४ भन्दा बढी देशमा पुगेका छन् ।
विश्वका ७ सय भन्दा बढी सर्भिस सेन्टरमा झण्डै २५ सयको संख्यामा सर्भिस एड्भाइजर कार्यरत छन् । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi