[ ]
Latest News Updates

ADVERTISE WITH US

निजी कारलाई तेल वितरण अर्को हप्ता गर्ने योजना
Saturday, January 23, 2016 Posted by Chitra Khabar

नेपाल आयल निगमले काठमाडाैंमा अर्को हप्ता निजी चारपांग्रे सवारीलाई पेट्रोल वितरण गर्ने तयारी गरेको छ । निगमले अहिले निजी मोटरसाइकललाई पेट्रोल वितरण गरिरहेको छ ।
 भाेलि सोमबार ५१ भन्दा माथिका लटका मोटरसाइकललाई बाँडेपछि मौज्दात बढाएर निजी कार तथा जीपलाई पनि तेल बाँडिने निगम प्रवक्ता मुकन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए । ‘यसै साता कारलाई पेट्रोल दिन सकिँदैन’ घिमिरेले भने-‘कम्तीमा थानकोट डिपोमा पेट्रोलको मौज्दात १५ लाख लिटर बनाएर मात्रै वितरण गरिनेछ ।’ निगमले दैनिक ३ लाख लिटर पेट्रोल काठमाडौं ल्याउने योजना बनाएको छ । निगमले क्षेत्रीय डिपोहरुलाई कोटा तोकेर काठमाडौंमा आपूर्ति बढाउन निर्देशन दिइसकेको छ । आपूर्तिलगत्तै निगमले अर्कोसातादेखि निजी कारलाई लटका आधारमा पेट्रोल वितरण गर्नेछ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi