[ ]
Latest News Updates

ADVERTISE WITH US

१ महिलाको मृत्यु हुने गरि पाल्पामा जिप दुर्घटना
Saturday, January 23, 2016 Posted by Chitra Khabar

पाल्पाको गोठादी–७ जइसुन भन्ने स्थानमा जिप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ ।
गोठादी–७ की ३३ वर्षीया तिलकुमारी बाह्रघरेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बुटवलबाट रहबासतर्फ जाँदै गर्दा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप दुघटना भई सडकदेखि ३०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । सो सडक साँघुरो कच्ची सडक रहेकाले पटकपटक दुर्घटना हुने गरेको छ । रासस

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi