[ ]
Latest News Updates

ADVERTISE WITH US

सुनसरीमा ट्रक दुर्घटनामा परि चालकको मृत्यु
Sunday, January 24, 2016 Posted by Chitra Khabar

मोरङबाट पश्चिमतर्फ जादै गरेका दुईवटा ट्रक आइतबार राति एकापसमा ठक्कर खादा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक सिन्धुली लगावी-३ का २६ वषर्ीय हरि कार्की रहेका छन् । t सुनसरीको इनरुवा सखुवागाछी-९ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति ना ३ ख २५२७ नंको ट्रकलाई सोही दिशामा गइरहेको ना ५ ख ६१३८ नंको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । कार्कीको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । अर्का ट्रक चालक सिन्धुली ताप्लेखोलाका प्रवीण मगर गम्भीर घाइते भई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । रासस

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi