[ ]
Latest News Updates

ADVERTISE WITH US

भारत सरकारको नयाँ नियम "नेपाली गाडी बिनाइजाजत भारत प्रवेशमा रोक
Monday, January 25, 2016 Posted by Chitra Khabar

निर्बाध रुपमा भारत प्रवेश गर्दै आएका नेपाली नम्बरका गाडी सोमबारदेखि भन्सार कार्यालयको अनुमतिबिना भारत प्रवेश गर्न पाएनन् । नेपाली नम्बरको गाडी वीरगन्ज नाकाबाट भारतमा प्रवेश गर्दा रक्सौल कस्टमको अनुमतिमा मात्र प्रवेश गर्न पाउने भारत सरकारले आजदेखि नियम लागू गरेको हो ।
भारतले नेपाली नंका मोटरसाइकल लगायत सवारी साधन एक दिनका लागि प्रवेश गर्दा पनि अनिवार्यरु पमा प्रवेश अनुमति लिनुपर्ने नियम लागू भएकोे रक्सौल कस्टमका एसिस्टेन्ट कमिस्नर कमलेश कुमारले जानकारी दिए । उनका अनुसार रक्सौलसहित नेपाल भारतका २३ व्यापारिक नाकामा आजदेखि सो नियम लागू गरिएको हो । विहारको पटना सीमा शुल्क विभागले गत पुस १४ गते जारी गरेको सार्वजनिक सूचना अनुसार आजदेखि रक्सौल नाकामा पनि यो नियम लागू गरिएको रक्सौल कस्टमले जनाएको छ । नेपाली नम्बर प्लेटका मोटरसाइकल लगायत सवारीसाधन सीमावर्ती भारतीय सहरमा एक दिनका लागि प्रवेश गर्दा अनिवार्य रुपमा कस्टमबाट प्रवेश अनुमतिपत्र अर्थात् अस्थायी पास लिनुपर्ने व्यवस्था छ । सुरक्षाको दृष्टिकोण र सीमा आवागमनलाई व्यवस्थित पार्र्नका लागि अस्थायी पासको नियम लागू गरिएको रक्सौल कस्टमका सूचना अधिकृत अभिषेक कमलले जानकारी दिए । उनले कस्टमबाट अस्थायी पास लिएका नेपाली सवारीसाधन तीन किमीभित्रसम्मको भारतीय भूमिमा मात्र आउजाउ गर्न पाउने अनुमति रहेको बताए । रासस

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi