[ ]
Latest News Updates

ADVERTISE WITH US

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Wednesday, January 27, 2016 Posted by Chitra Khabar


माघ १४ / यात्रुवाहक बसको ठक्करबाट मङ्गलबार बेलुकी एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय अमृत भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर–४ स्थित पिपलचौंक मार्गमा को१५प ६९६६ नम्बरको मोटरसाइकलमा चढेर दक्षिणबाट उत्तरतर्फ गइरहेको बेला विपरीत दिशाबाट आएका नम्बर नखुलेको बसले उनलाई ठक्कर दिएको थियो ।
गम्भीर अवस्थामा घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi