[ ]
Latest News Updates

ADVERTISE WITH US

मागको आधा पेट्रोल भित्रिँदै
Sunday, January 31, 2016 Posted by Chitra Khabar

१७ माघ, काठमाडौं ।
काठमाडौंमा दैनिक मागको झण्डै आधा परिमाणको पेट्रोल भित्रिन थालेको छ । आपूर्ति बढेपछि अब मोटरसाइकलले लटअनुसार तत्काल तेल पाउने आयल निगमका अधिकारीहरुले बताएका छन् ।
भारतबाट भित्रिनेमध्ये काठमाडौं पठाउनै पर्ने पेट्रोलको कोटा तोकिएपछि क्षेत्रीय डिपोहरुबाट थानकोट डिपोमा पेट्रोलको आपूर्ति बढेको छ ।
अहिले दैनिक औसत २ लाख लिटर पेट्रोल काठमाडौं भित्रिइरहेको निगमका वितरण विभाग प्रमुख दीपक बरालले अनलाइनखबरलाई जानकारी दिए ।
काठमाडौंमा समान्य अवस्थामा ४ लाख लाख लिटर पेट्रोलको माग हुन्छ । यसअघि काठमाडौैमा मुस्किलले १ लाख लिटर मात्रै पेट्रोल आउने गरेको थियो ।
निगमले दैनिक बिराटनगर डिपोलाई १ लाख ५० हजार, भलबारी डिपोलाई १ लाख लिटर र नेपालगञ्ज डिपोलाई ५० हजार लिटर पेट्रोल आयात गरेर काठमाडौं पठाउन भन्दै परिपत्र गरेको थियो ।
थानकोट डिपोमा अहिले झण्डै १६ लाख लिटर पेट्रोल मौज्दात रहेको बरालले बताए । आपूर्ति केही सहज भएका कारण आयल काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा फेरि निजी मोटरसाइकलाई तेल वितरण गर्ने भएको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi