मोटरसाइकललाई ‘लट’ अनुसार दिने तयारी
१७ माघ, काठमाडौं ।थानकोट डिपोमा अत्यावश्यक मौज्दात पनि रहेकाले फेरि निजी मोटरसाइकल र स्कुटरलाई वितरण गर्न लागिएको बरालले बताए ।
‘तेल पर्याप्त अएको छैन । तर जे जति छ, त्यसलाई लट तोकेर निजी सवारीलाई पनि बाँड्ने हाम्रो योजना हो’ बरालले भने ।
तर, कुन दिनदेखि, कसरी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको आयल निगमले जानकारी दिएको छ ।
निगमले अघिल्लो सातामा मोटरसाइकलका लागि पेट्रोल बाँडेको थियो । नाकाबन्दीपछि महिनामा एकपटक तेल पाउने निजी मोटरसाइकलले अब हप्ता बिराएर तेल पाउन थालेका छन् । निगमले अहिले निजी कार तथालाई पेट्रोल वितरण गरिरहेको छ ।
सोमबार ११ भन्दा माथिका लटका मोटरसाइकललाई बाँडेपछि मौज्दात बढाएर निजी मोटरसाइकललाई पनि पेट्रोल बाँडिने भएको छ ।




