भोलि ११ देखि माथि लटका कारलाई पेट्रोल बाँडिने (पम्पको सूचीसहित)
१७ माघ, काठमाडौं । नेपाल आयल निगमले भोलि सोमबार काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा निजी चारपांग्रे सवारीलाई पेट्रोल वितरण गर्ने भएको छ ।
सोमबार ११ देखि माथिका लटका कारतथा जीपले तेल भर्न पाउनेछन् । आयल निगमले यसअघि १० नम्बर लट सम्मका कारलाई गत बुधबार र शुक्रबार दुई लटमा पेट्रोल वितरण गरेको थियो ।
भोलि ६३ वटा पम्पबाट पेट्रोल वितरण हुने आयल निगमले जनाएको छ । बिहान ९ बजेदेखि सबै पम्पमा पेट्रोल वितरण सुरु हुनेछ ।
एउटा कारले १५ लिटर पेट्रोल पाउनेछन् । तेल भर्ने सवारीको लागि नवीकरण भएको ब्लु-बुक अनिवार्य गरिएको छ ।
भोलि टेकुको नेशनल ट्रेडिङ, सानेपाको इन्द्रायणी, बसुन्धराको महालक्ष्मी र हल्चोक पम्पबाट जोर नम्बरका ट्याक्सीले समेत तेल भर्न पाउने नेपाल आयल निगमले सूचना जारी गरेर जानकारी दिएको छ ।





