सडक दुर्घटना बढेको बढ्यै / गत वर्ष ९ हजार गाडी दुर्घटना भए
माघ १७, २०७२- हरेक वर्ष सडकमा दुर्घटनाबाट अकालमा ज्यान जाने नेपालीको संख्या बढ्दै गइरहेको छ । नेपाल प्रहरीले तयार पारेको तथ्यांकअनुसार वर्षैपिच्छे दुर्घटना बढ्दै गएको देखिएको हो । नेपालमा गत वर्ष ९ हजार गाडी दुर्घटना भएका थिए ।
गाडी दुर्घटनामा करिब १८ सय नेपालीले हरेक वर्ष अकालमा ज्यान गुमाउँदै आइरहेका छन् भने १२ हजारभन्दा बढी घाइते हुन्छन् । प्रतिदिन ५/७ जनाको दुर्घटनाबाट ज्यान गइरहेको हुन्छ । ट्राफिक प्रहरीका अनुसार सवारी दुर्घटनाको कारणमध्ये करिब ८५ प्रतिशतसम्म चालकको लापरबाही रहेको देखिएको छ ।
नेपालमा सडकको कुल लम्बाइ करिब ६६ हजार ५ सय २० किलोमिटर छ । नेपालमा १९५८ सालमा पहिलोपटक राणा प्रधानमन्त्री वीरशमशेरले काठमाडौं उपत्यकामा भीमफेदीबाट गाडी बोकाएर भित्र्याएका थिए । त्यसयता उपत्यकामा अहिलेसम्म ८ लाखभन्दा बढी सवारीसाधन दर्ता भएका छन् । मुलुकभर करिब १९ लाख ९५ हजार ४ सय ४ सवारीसाधन दर्ता छन् ।
नेपालको जनसंख्या २ करोड ८८ लाख ५० हजार ९ सय १७ (माघ १४ सम्मको गणनाअनुसार) छ । सडक सुरक्षा विषयमा शुक्रबार महानगरीय ट्राफिक महाशाखाका डीआईजी जयबहादुर चन्दले सडक दुर्घटना सम्बन्धमा नेपालमा राष्ट्रिय समस्या र समाधानका बारेमा कार्यपत्र प्रस्तुत गर्दै भने, ‘एक ट्राफिक प्रहरीले हेर्नुपर्ने जनसंख्या १२ हजार १ सय ९९ जना रहेको छ । एकजना ट्राफिक प्रहरीले हेर्नुपर्ने सवारीसाधन ८ सय ४३ छन् । १ जना ट्राफिक प्रहरीले हेर्नुपर्ने सडकको लम्बाइ २८.१२ किलोमिटर छ ।’ उनले नेपालमा हाल प्रत्येक १५ जनामध्ये एक जनाको सवारीसाधन भएको बताए ।
आर्थिक वर्ष ०६७/६८ देखि ०७०/७१ सम्म नेपालभर सवारी दुर्घटनाबाट अनुमानित १६ अर्बको क्षति भएको ट्राफिक प्रहरीले जनाएको छ । त्यही अवधिमा प्राकृतिक प्रकोपबाट भने १२ अर्ब मात्र क्षति भएको छ । डीआईजी चन्द भन्छन्, ‘सडक सुरक्षा सबैले आफ्नो सुरक्षाका लागि भन्ने पालना गर्नुपर्ने हुन्छ । ट्राफिकका लागि नियम पालना गरेर दुर्घटना कम हँुदैनन् ।’
सन् २००७ मा दक्षिण कोरियामा ‘प्रशान्तीय र एसिया क्षेत्रमा यातायात क्षेत्रको विकास’ भएको बुसन सम्मेलन नेपालले दुर्घटना आधा घटाउने प्रतिबद्धता जनाए पनि हालसम्म त्यसलाई लागू भएको पाइँदैन । सडक विभागका उपमहानिर्देशक सरोज प्रधानले भने, ‘नेपालमा सन् २००७ मा ८ सय ३७ जनाको दुर्घटनामा परी मृत्यु भएको थियो । २०१४ मा १८ सय ५७ पुग्यो । हामीले प्रतिबद्धता जनाएभन्दा ठीक उल्टो भयो । जुन दु:ख लाग्दो हो ।’ उनले सडक प्राविधिक रूपमा ठीक नहुँदा दुर्घटना बढी भएको पनि बताए ।
नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सवारीसाधनको दुर्घटनामा चालकको भन्दा पनि सडक प्रयोग गर्नेको लापरबाहीको कारण भएको बताए । उनले २०६४ सालयता दुर्घटनामा १४ हजारजनाको मृत्यु भएको उल्लेख गर्दै भने, ‘यो नेपालमा भएको सशस्त्र द्वन्द्वमा भन्दा पनि बढी हो । अझै अपांग हुने त धेरै छन् ।’ सडक प्रयोगकर्ताले हतार गर्दा दुर्घटना बढेको उनले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले नेपालका सडक प्राविधिक रूपमा सही बनाउन नसक्ने बताए । उनले भने, ‘यहाँको भूगोल नै त्यस्तै छ, त्यसैले यो सडक खतरा छ है भनेर सवारीचालकलाई जानकारी दिनुपर्ने हुन्छ ।’
उपहानिर्देशक प्रधानले चालकले कम गतिमा गाडी गुडाए दुर्घटना कम हुने दाबी गरे । उनले भने, ‘३० को गतिमा मान्छेलाई गाडीले हाने मृत्यु हुने सम्भावना कम हुन्छ । यदि त्यही गाडी ८० को गतिमा गुडेको अवस्थामा हानेपछि मान्छेको मर्ने सम्भावना बढी हुन्छ ।’ उनले दुर्घटना घटाउने उपायबारे थप प्रस्ट पारे, ‘कि त स्पिड कम गर्नुपर्यो, नत्र सडकलाई थप व्यवस्थित गर्नुपर्यो ।’ गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा सडक दुर्घटनालाई कम गर्न कानुनी र प्राकृतिक ढंगबाट सुधार गर्नुपर्ने बताए । उनले भने, ‘अब यातायात क्षेत्रमा देखिने र अनुभूत गर्न सकिने परिणाम आउने गरी परिवर्तन गर्छौं ।’

माघ १७ को कान्तिपुर पत्रिकामा प्रकाशित