[ ]
Latest News Updates

ADVERTISE WITH US

राजधानीको कोटेश्वरमा बसले किचेर एक विद्यार्थीको मृत्यु
Tuesday, February 2, 2016 Posted by Chitra Khabar

१९ माघ, काठमाडौं । काठमाडौंको कोटेश्वरमा बा २ ख ७९८४ नम्बरको बसबाट ओर्लिंदा सोही बसले किचेर एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा १७ वर्षीय श्रीजन ढकाल छन् । उनी जेम्स कलेजका विद्यार्थी हुन् ।
भक्तपुरबाट बानेश्वरतर्फ आउँदै गरेको बसबाट ओर्लिने क्रममा उनलाई सोही बसको पछाडिको पाङ्ग्राले किचेको थियो ।
दुर्घटनालगत्तै बस चालक फरार छन् ।  उनको खोजीकार्य जारी छ । बसलाई भने महानगरीय प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi