[ ]
Latest News Updates

ADVERTISE WITH US

टिप्परको ठक्कर बाट सुनसरीमा एकको मृत्यु
Tuesday, February 2, 2016 Posted by Chitra Khabar

१९ माघ, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित हलगडा चोकमा मंगलबार बिहान टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । 
को१३प ९११९ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको मे१ख १८२२ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१३ निवासी यामबहादुर राईको घटनास्थलमै मृत्युभएको हो । मोटरसाइकल पछाडि बसेकी महिला घाइते छिन् । उनको नाम, थर भने खुल्न सकेको छैन । उनलाई चिन्ताजनक अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने टिपर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको जनाएको छ ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi