[ ]
Latest News Updates

ADVERTISE WITH US

चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट बालकको मृत्यु
Tuesday, February 2, 2016 Posted by Chitra Khabar

१९ माघ, रत्ननगर । चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका वडा नम्बर ७ को टिकौलीस्थित मुख्य राजमार्गमा सोमबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १५४ नम्बरको ट्रकले पैदल हिँडिरहेका चार वर्षीय बालक अंकुश मिश्रलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृतक अंकुश, भारत महाराष्ट्र घर भई हाल रत्ननगरमा पाल टाँगेर बस्दै आएका सङ्गम मिश्रका छोरा हुन् । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi