[ ]
Latest News Updates

ADVERTISE WITH US

डिजेल कालोबजारीमा संलग्न तीन जना प्रहरी नियन्त्रणमा
Wednesday, February 3, 2016 Posted by Chitra Khabar

२० माघ, तनहुँ । प्रहरीले डिजेलमा कालोबजारी गरेको अभियोगमा तनहुँमा तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मङ्गलबार शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।
शुक्ला गण्डकी नपा–१ का ३२ वर्षीय सुरज लालचन, सोही नपा–५ का ३८ वर्षीय सुनिल केसी र कास्की जिल्ला पोखरा उपमनपा–९ घर भई हाल लेखनाथ नपा–१३ बस्ने ४२ वर्षीय तिलबहादुर घलेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिए ।
छिमेकी जिल्ला कास्कीको गगनगौँडामा रहेको नेपाल आयल निगमको डिपोबाट बेलचौतारामा रहेको सुशील आयल सप्लार्यसका लागि ना२ख ६६३८ नम्बरको ट्याङ्करबाट १२ हजार लिटर डिजेल लोड गरेर ल्याइँदै गरेको अवस्थामा शुुक्लागण्डकी नपा–१ गाछेपानीमा रहेका लालचन वर्कसपका प्रोपाइटर सुरज र आयल सप्लार्यसका प्रोपाइटर केसी मिलेर बाटोबाटै सिधै ड्रममा डिजेल भरेर लुकाएका थिए ।
इलाका प्रहरी कार्यालय बेलचौताराबाट गएको एक प्रहरी टोलीले अवैध तरिकाबाट कालोबजारी गर्न प्लास्टिकको ड्रममा भरेर लुकाइ राखेको ६०० लिटर डिजेल बरामद गरी कालोबजारीमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए । रासस

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi