आइतबार देखि छतमा यात्रु चढाउनेलाई कारबाही गरिने
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज आइतबार देखि यात्रुहरूलाई बसको छतमा यात्रा गर्न नदिने निर्णय गरेको छ । यस्तै, मोटरसाइकलमा पनि ३ दुई जना भन्दा बढीलाई चढ्न नदिने भएको छ । बस र माइक्रोबसका छतमा यात्रु बोक्नेहरूलाई कारबाही गर्ने ट्राफिक महाशाखाले जनाएको छ ।
नाकाबन्दीपछि इन्धन अभावको कारण देखाएर सवारी साधनहरूले छतमा यात्रु राख्दै आएकोमा आजदेखी उक्त छुट नपाउने भएका छन् । राजधानीमा नाकाबन्दी अगाडीकै अवस्थामा सवारी चाप बढेपछि यात्रुहरूलाई छतमा यात्रा गर्न नदिने निर्णय गरेको ट्राफिक महाशाखाले जनाएको छ । महाशाखाले १ हप्ता अगाडि नै यसबारे यातायात व्यवसायीलाई जानकारी गराइसकेको थियो ।