[ ]
Latest News Updates

ADVERTISE WITH US

नवलपरासीको दाउन्नेमा ट्रकको ठक्करबाट सहसेनानीको मृत्यु / "खतरानाक थियो घटना" प्रत्यक्षदर्शी
Tuesday, January 19, 2016 Posted by Chitra Khabar

५ माघ, कावासोती । नवलपरासीको दुम्किबासमा मंगलबार भएको सवारी दुर्घटनामा नेपाली सेनाका सहसेनानीको मृत्यु भएको छ । दुम्किबास ५ दाउन्नेमा ट्रकले ठक्कर दिँदा बा ३७ प ४१०६ नम्बरको मोटरसाइकल चालक चितवन रत्ननगरपालिका १५ बस्ने ४७ वर्षीय सुशिल श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठ रुपन्देहीको सैनामैना तालिम केन्द्रमा कार्यरत थिए । इलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारीअनुसार बुटवलबाटबाट नारायणगढ आउँदै गरेको ना ४ ख ८८७५ नम्बरको ट्रकले बुटवल जाँदै गरेका श्रेष्ठलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक दाउन्नेमा पल्टिएको छ भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi