विराटनगरमा सवारी दुघर्टनामा सशस्त्र प्रहरीका प्रहरी नायव निरिक्षकको मृत्यु
५ माघ, विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगरको मुनाल पथमा मंगलबार अपरान्ह भएको सवारी दुघर्टनामा सशस्त्र प्रहरीका प्रहरी नायव निरिक्षक (सई)को मृत्यु भएको छ ।
ना २ ख ६९९२ नम्बरको ट्रकसँग ठोक्किँदा को १८ प ८८६८ नम्वरको मोटर साइकलमा सवार ३५ वर्षीय जनार्दन तिम्सीनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार तिम्सीना सीमा सुरक्षा कार्यालय रानीमा कार्यरत थिए । उनी घरबाट कार्यालय जाँदै गर्दा इटहरीबाट आउँदै गरेको ट्रकलेे ठक्कर दिएको थियो ।
मंगलबार नै नवलपरासीको दुम्कीबासमा ट्रकको ठक्करबाट नेपाली सेनाका सहसेनानीको मृत्यु भएको छ ।




