[ ]
Latest News Updates

ADVERTISE WITH US

आज ५४ वटा पम्पले निजी कारलाई तेल बाँड्दै (सूचीसहित)
Sunday, January 10, 2016 Posted by Chitra Khabar


आज ५४ वटा पम्पले निजी कारलाई तेल बाँड्दै (सूचीसहित) नेपाल आयल निगमले सोमबार ११ भन्दा माथिका लटका निजी कार तथा जीपका लागि पेट्रोल वितरण गर्दैछ । आज सोमबार ५४ वटा पम्पबाट निजी कारलाई तेल वितरण भइरहेको आयल निगमले जनाएको छ । एउटा कारलाई १५ लिटरका दरले तेल दिइएको छ । सोमबारका लागि सबै पम्पमा आइतबार बेलुकी नै तेल पुर्‍याइएको थियो । 
धेरैजसो पम्पमा बिहान ९ बजेदेखि तेल वितरण सुरु भएको छ । पेट्रोल भर्नका लागि नवीकरण भएको ब्लु-बुक अनिवार्य गरिएको छ । भारतबाट पेट्रोलियम पदार्थको आयात बढेपछि निजी चार पांग्रे सवारीलाई तेल वितरण थालेको निगमले यसअघि दुई दिन निजी कारलाई तेल दिएको थियो । अब २७ गते सोमबार ११ भन्दा माथिका लटका कारले तेल भर्न पाउनेछन् । सोमबार निजी कारलाई तेल वितरण हुने पम्पको सूची हेर्नुस्

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi