नुवाकोटमा माइक्रोबस दुर्घटना / मर्नेको संख्या ९ पुग्यो १४ गम्भीर घाईते (फोटो फिचर)
माघ २३ / नुवाकोट / काठमाडौंबाट त्रिशुली जाँदै गरेको बा१ज ७५८३ नम्बरको सेतो रङ्गको माइक्रोबस पासागंलाम्हु मार्गको मदानपुर् ८ को क्युरेनी भन्ने स्थानमा सडकबाट करिब ५० फिट तल झर्दा चालक सहित ८ जनाको घटना स्थलमा नै ज्यान गएको छ भने एक जनाको उपचारको क्रममा छाउनी अस्पतालमा ज्यान गएको छ ।

मृतु हुनेमा बेलकोट गाविस–३ का चालक दामोदर कँडेल सहित मैथली ब्यारेकमा तालिमरत् सैन्य लक्ष्मी श्रेष्ठ, त्रिशूली सैन्य तालिम केन्द्रमा तालिम लिइरहेका सैनिक रिक्रुट सन्तोसी बोगटी, ईश्वर कार्की, यशोदा कार्की र पदम राईकोमात्र सनाखत भएको छ ।
शनिबार दिउँसो १ बजेर १५ मिनेटमा भएको उक्त दुर्घटनामा १४ जना घाईते भएका छन , घाईतेहरुको ट्रमा सेन्टर र छाउनी अस्पतालमा उपचार भईरहेको बताए डी एस पी सिद्दी बिक्रम शाहले . मर्नेको संख्या बढ्न सक्ने पनि बताईएको छ । सो स्थानाम यो पटक सहितको गरेर तिन पटक गम्भीर प्रकृतिको दुर्घटना भैसकेको छ . ९ फिट बाटो भएको कारणले गर्दा पनि दुघटना बढी हुने गरेको बताए स्थानीय सर्वसाधारणहरुले ।
चालकको चरम लापर बहिले दुर्घटना भएको अनुमान स्थानीय प्रत्यक्षदर्शीले बताएका छन . १६ जना सवार हुने मईक्रोमा २३ जना सवार भएको र तिब्र गातिले गर्दा पनि माइक्रो कन्ट्रोल भन्दा बाहिर गएको हुन सक्ने पुर्ब अनुमान गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय नुवाकोट , ट्राफिक प्रहरी लगयात ससस्त्र प्रहरिक र स्थानीयले उद्धार गरेका थिए । घाईतेहरुको काठमाडौंमा उपचार भइरहेको छ भने मृतकहरुको डेड बडी भने छाउनी अस्पताल र सिक्षण अस्पताल महाराजगंज लागिएको छ ।









