[ ]
Latest News Updates

ADVERTISE WITH US

शनिबारको सवारी दुर्घटना सेलाउन नपाउंदै सोहि स्थानमा अर्को दुर्घटना / चालकको ज्यान गयो दुई घाईते
Saturday, February 6, 2016 Posted by Chitra Khabar

२४ माघ, नुवाकोट । शनिबार मैत्र ९ जनाको ज्यान जाने गरी सवारी दुर्घटना भएको स्थान नजिकै पुन अर्को दुर्घटनमा एक जनाकेा मृत्यु भएको छ । 
मदानपुर गाउँ विकास समितिको बाराहीमा बा ३ ख ६३४५ नम्वरको आइचर दुर्घटना हुँदा चालक सेलकर तामाङको घटनास्थलमै मृत्यु भएको छ। अन्य दुई जना घाइतेहरुको भने जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको बताए जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी नायव उपरिक्षक शिद्धिविक्रम शाहले । 
  घाइते हुनेहरुमा कल्याणपुर गाउँ विकास समिति वडा नं । ७ का सह चालक अम्विर खड्का र वडा नं । ५ को नारायण श्रेष्ठ रहनुभएको छ । उहाँहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो मात्रै ९ जनाको ज्यान जाने गरी माइक्रो बस दुर्घटना भएको स्थान र आइतबार दुर्घटना भएको स्थान अध्याथिक अत्याधिक दुर्घटना हुने स्थान हो । सो खण्डको सडक जम्मा ९ फुटको रहेको छ ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi