[ ]
Latest News Updates

ADVERTISE WITH US

जर्मनीमा दुईवटा रेल एक आपसमा जुध्यो / ‘कैयौँको मृत्यु,’ १०० जना घाइते
Tuesday, February 9, 2016 Posted by Chitra Khabar


दक्षिणी जर्मनीमा मङ्गलबार दुईवटा रेल एक आपसमा जुध्दा भएको दुर्घटनामा परी कैयौँको ज्यान गएको समाचार छ । त्यस दुर्घटनामा परी कम्तीमा पनि १०० जना घाइते भएका समाचारमा जनाइएको छ । 
 मृत्यु हुनेमा कतिजना छन् भन्ने बारेमा प्रहरीले केही भनेको छैन । उद्दार कार्य जारी रहेको र मुत्यु हुनेको सङ्ख्या अझै यकिन नभएको प्रहरीले जनाएको छ । जर्मनीको दक्षिणी नगर रोशेनहिमका प्रहरी अधिकारी मार्टिन विन्कलरले भनेका छन्– दुई रेल आपसमा जुध्दा ठूलो दुर्घटना भएको छ र त्यसमा परी कैयौँको ज्यान गएको आशङ्का गरिएको छ । तर मारिनेमा के कतिजना थिए भन्ने बारेमा प्रहरीले पनि केही बताउन सकेको छैन । प्रहरी प्रवक्ता मार्टिनले घाइतेमध्ये १०० जनालाई उद्वारगरी अस्पताल लगिएको जानकारी दिए । सो दुर्घटनाको कारण केही खुलेको छैन । दुर्घटनाको कारबारे प्रहरीले अनुसन्धान थालेको प्राप्त समाचारमा जनाइएको छ ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi