[ ]
Latest News Updates

ADVERTISE WITH US

सडक सुरक्षाका लागि अब सोलारसहितको सीसीटीभी
Thursday, February 11, 2016 Posted by Chitra Khabar

शहरका मुख्य सडकमा हुने घटना/दुर्घटनाको निगरानी राख्न र अपराध कम गर्न क्लोज सर्किट टीभी क्यामेरा (सीसीटीभी) राख्न अभियानलाई सरकारले तिब्रता दिएको छ । पछिल्लो समयमा काठमाण्डौ मात्र हैन, नेपालका अन्य मुख्य शहर र जिल्ला सदरमुकामहरुका सडकमा पनि सीसीटीभी निगरानी बढाउन थालिएको छ । तर, लोडसेडिङका कारण उर्जा आपूर्ति हुन नसक्दा यसरी जडान गरिएका धेरैजसो क्यामेराले लोडसेडिङको समयमा काम गर्दैनन् । जसले गर्दा सीसीटीभी निगरानीयुक्त क्षेत्र भनिएका ठाउँमै हुने घटनाको बिबरण लिन प्रशासन असमर्थ हुने गरेको छ ।

यही समस्यालाई समाधान गर्न साइन टेक प्रालिले सोलारप्रबिधि सहितका स्मार्ट क्यामेरा नेपाली बजारमा भित्राएको छ । साइन टेकले हालसम्म किपर ब्राण्डका सीसीटीभी तथा आइपी क्यामेराहरु बजारमा उपलब्ध गराउँदै आएकोमा हालै अमेरिकी ब्राण्ड ‘हिक भिजन’ (Hik vision) का उत्पादनहरु पनि नेपाली बजारमा भित्राएको छ ।
उच्च क्षमतायुक्त यी सीसीटीभी क्यामेरा सोलार सिस्टमसहित प्याकेजमा उपलब्ध गराउन लागिएको साइन टेकका प्रबन्ध निर्देशक रविन्द्र ओझाले जानकारी दिए । ‘यसअघि जडान गरिएका सीसीटीभी क्यामेरामा ब्याकअपको मुख्य समस्या देखियो’ ओझाले भने- त्यसैले हामीले सोलार ब्याकअप सिस्टमसहित नयाँ उच्च क्षमतायुक्त प्रबिधिका अमेरिकी क्यामेराहरु भित्राएका छौं ।’ ठूला शहरदेखि जिल्ला सदरमुकाम र स-साना वस्तीहरुमा पनि जडान गर्न सकिने गरी सुलभ दरमा क्यामेरा प्याकेज ल्याएको ओझा बताउँछन् । सवैजसो जिल्ला सदरमुकामहरुमा विक्रि र बित्रिपछिको सेवाका लागि संजाल रहेको साइन टेकले जनाएको छ । साइन टेक आगामी दुई बर्षभित्र सवैजसो जिल्ला सदरमुकाम र नगरपालिकाहरुलाई सीसीटीभीयुक्त बनाउने गरी सुलभ प्याकेजमा सोलारसहितको प्याकेज ल्याएको ओझाले बताए । साइन टेक किपर र हिक भिजन ब्राण्डका सीसीटीभी क्यामेरा, टाइमवाच ब्राण्डका बिद्युतीय हाजिरी मेसिन तथा मिराकल ब्राण्डको पीएविएक्स सिस्टमको नेपालका लागि आधिकारिक विक्रेता हो । अनलाइन खबर बाट 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi